अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृंखला

क्यानले फाइनलमा १२ हजार टिकट बेच्ने

काठमडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार हुने अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा १२ हजार टिकट मात्र बेच्ने भएको छ ।

क्यानले सोमबार सुचना जारी गर्दै नेपाल र नेदरल्यान्ड्सबीचको फाइनलका लागि १२ हजार मात्र टिकट बिक्री गर्ने र बिहानसम्म आधा भन्दा बढी टिकट बिक्री भैसकेको जनाएको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानको अफिसियल टिकेटिङ पार्टनर आइएमइ पेबाट टिकट किन्न सकिनेछ ।

यस वर्ष हुने ट्वान्टी २० विश्वकपको तयारी स्वरुप  क्यानले यो शृंखलाको आयोजना गरेको हो । शृंखलामा यी दुईसहित नामिबिया पनि सहभागी थियो ।