पाँचपोखरी ट्वान्टी २० जिल्लास्तरीय क्रिकेट

जिल्लास्तरीय क्रिकेटः भोटेचौरको लगातार दोस्रो जित

काठमाडौं । दुर्गेश थापाको शतकप्रेरित भोटेचौर स्पोर्टस क्लबले पाँचपोखरी ट्वान्टी २० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा लगार दोस्रो जित निकालेको छ ।

पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी क्रिकेट क्लबको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा भोटेचौरले मंगलबारको दोस्रो खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा पाँचपोखरीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य भोटचौरले १९.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

भोटेचौरका लागि दुर्गेशले थापाले ६५ बलमा १५ चौका दुई छक्काको मद्दतले अविजित १०१ रन बनाए । प्रतियोगितामा यो पहिलो शतक हो । यसैगरी कप्तान अरुण चौलागाईले २० जोडे ।

पाँचपोखरीका लागि करण तामाङ र कर्मा तामाङले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाँचपोखरी हिमालयनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४१ रनको योगफल तयार पार्यो ।  पाँचपोखरीका लागि पासाङ दोर्जे तामाङले ५१ र राजु लामाले अविजित ४४ रन बनाए।  

इन्द्रवातीको  पहिलो जित 

प्रतियोगितामा इन्द्रवाती गाउँपालिकाले पहिलो जित निकालेको छ । इन्द्रवातीले दिनको पहिलो खेलमा माइटी साँगाचोकलाई आठ विकेटले पराजित गरेको हो ।

साँगाचोकले प्रस्तुत गरेको ६७ रनको लक्ष्य इन्द्रावतीको पहिलो जित ८.२ ओभरमा दुई विकट गुमाउँदै पूरा गर्यो ।  इन्द्रावतीका लागि उमंग धितालले अविजित ३७ चन्द्रकान्त पौडेलले अविजित २५ रन बनाए ।

माइटी साँगाचोकका सबिन गिरिले दुई विकेट लिए ।

त्यसअघि साँगाचोकले टस जितेर ब्याटिङको रोजेको साँगाचोकले १५.४ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनको योगफल तयार पारेको थियो ।  साँगाचोकका लागि सागर तिमल्सिनाले १६ रन  बनाउनु बाहेक अन्य कुनै ब्यटरले दोहोर अंकमा रन जोड्न सकेनन् ।

इन्द्रावतीका लागि चन्द्रकान्त पौडेलले चार ओभरमा १४ रन खर्चिएर  चार विकेट लिए । यसैगरी सुशन चौलागाईं, सुमन चौलागाईं र निशान भारतीले समान दुई विकेट लिए ।