वाफ वुमन्स च्याम्पियनसिप

लेवनानविरुद्ध समूह चरणको अन्तिम खेलकै टोली निरन्तरता

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत  सेमिफाइनलमा लेवनानविरुद्ध नेपालले पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन ।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले  समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइविरुद्ध खेलेको टोलीलाई नै मैदान उतारेका हुन् । खेल साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा राति १०ः४५ बजे सुरु हुने छ ।

दुवै टोली जित निकाल्दै फाइन पुग्ने लक्ष्यमा छन् । नेपाल समूह ‘बी’ को विजेता तथा लेवनाान समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

नेपाली टोली
गोलकिपरः एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)
रक्षकः हीराकुमारी भुजेल, गीता राना, अमृता जैसी, पुजा राना
मिडफिल्डरः अनिता बस्नेत, अनिता केसी, प्रीति राई, 
फरवार्डः रेखा पौडेल, सावित्रा भण्डारी, अमिषा कार्की