पिस प्वाइन्ट कप

गेटवे र पिस प्वाइन्ट फाइनलमा

काठमाडौं । गेटवे एकेडेमी र आयोजक पिस प्वाइन्ट छैटौं पिस प्वाइन्ट कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

सानो गौचरण मैदानमा भएको पहिलो सेमिफाइनलमा गेटवेले एकलब्यलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेले ।

उपाधिमा दोहोरो ह्याट्रिक गर्ने अभियानमा रहेको पिस प्वाइन्टले अर्को सेमिफाइनलमा मनकामनालाई ३-१ ले हरायो । विगतका पाँचै संस्करणको उपाधि जितेको पिस प्वाइन्टका लागि राहुल लामाले दुई तथा पवन बुढाथोकीले एक गोल गरे । मनकामनाका मानव लामाले एक गोल फर्काए ।

फाइनल बुधबार हुनेछ । त्यसै दिन तेश्रो स्थानका लागि पनि खेल हुनेछ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।