चैत्र १४, २०८२ शनिबार | ०२:०२:४१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैत दोस्रो साता

काडमाडौं । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्टस कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी गराए । 

प्रतियोगितामा तीन विभागीय टोली र सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ ।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई २५ हजार, १५ हजार ७.५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० लाख सहयोग गर्ने छ । पाँचदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ ।

सोही अवसरमा कमिटीकै आयोजनामा चौथो वीर गणेशमान सिंह १० किमि दौड बैशाख १५ गते हुने पनि जानकारी गराइएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो