आइसिसी विश्वकप क्रिकेट लिग-२

ललितले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितनारायण राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । ललितले छैटौं ओभरको तेस्रो बलमा निकोलस डाभिनलाई ब्यक्तिगत १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए ।

नामिबियाका लागि मिचेल भान लिन्गन ११ रन बनाएर खेलिरहेका छन् । उनलाई साथ दिन ज्याक फ्राइलिंक क्रिजमा आएका छन् ।

१३३ रनको लक्ष्य पछ्याएको नामिबिया ६ ओभरको समाप्तीमा २८ रन बनाएर खेलिरहेको छ ।