ट्वान्टी २० विश्वकप

सुखद अन्त्यको लक्ष्यमा भारत

दुबई । आइसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत सोमबार सुपर १२ को अन्तिम खेलमा नामिबियाविरुद्ध मैदान उत्रदा भारत जितसहित प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा हुनेछ ।

 दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुङगो लागिसकेकाले ‘ग्रुप टु’ अन्तर्गतको यी दुई टोलीबीचको खेल औपचारिकतामा सीमित बनेको हो ।

 ‘ग्रुप टु’ बाट पाकिस्तानले विजेताको रुपमा र न्युजिल्यान्डले उपविजेताको रुपमा सेमिफाइनलको टिकट काटेका हुन् ।

सयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

चार खेलमध्ये दुईमा जित र दुई खेलमा पराजित भारत ‘ग्रुप टु’ अंक तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै समान खेलबाट एकमा जित र तीनमा हारको सामना गरेको नामिबिया भने तालिकाको पाँचौ स्थानमा छ । 

आइतबार ग्रुप टु अन्तर्गतको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गदै सेमिफाइनलमा स्थान पक्का गरेपछि यी दुई टोलीबीचको खेल औपचारिकतामा  सीमित बनेको हो ।