स्पेनिस ला लिगा

मंगलबारबाट मात्र जाभीले बार्सिलोनाको प्रशिक्षण सम्हाल्ने

बार्सिलोना । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक जाभी हर्नान्डेजले मंगलबारदेखि आफ्नो पहिलो प्रशिक्षण सत्र सुरु गर्ने क्लबले पुष्टि गरेको छ ।

बार्सिलोनाका पूर्व प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्तमा परेपछि क्लबको प्रशिक्षणको जिम्मेवारी जाभीले सम्हाल्ने शनिबार घोषणा भएको थियो । बार्सिलोनाले जाभीलाई आज (सोमबार) सार्वजनिक गर्दैछ ।

क्लबको जिम्मेवारी सम्हाल्न शनिबार नै बार्सिलोना ओर्लिएका जाभीले प्रशिक्षण सत्र आवश्यकता अनुसार हुने र पूर्ण रुपमा कठिन हुने बताएका थिए ।

यद्धपी अन्तर्राष्टिय विश्रामका कारण जाभीको प्रशिक्षणमा बार्सिलोनाले पहिलो खेल भने अक्टोबर २० मा ला लिगा अन्तर्गत स्पान्योलविरुद्ध खेल्नेछ ।