प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

पुलिसविरुद्ध सुजनको शतक

काठमाडाैं । कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टाेली नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काेशीका लागि सुजनले १ सय २० बलमा आठ छक्का र पाँच चौकाको मद्दतले शतक पूरा गरेका हुन् । प्रतियोगितामा सुजनकाे याे पहिलाे शतक हाे । 

सुजनलाई अभ्यास तिमिल्सिनाले २० रन बनाएर साथ दिइरहेका छन् । सुजनले आठौं विकेटका लागि  अभ्याससँग ९२ रनको साझेदारी गरिसकेका छन् ।