काठमाडौ । घरेलु टोली गण्डकीलाई ३-० को सोझो सेटमा हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब टाइगर कप भलिबल प्रतियोगिताको चाैथाे संस्करणमा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
जितसँगै ‘ए’ को पुलिसले दुई चार अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा पुलिस अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग ३-२ को सेटमा पराजित भएपनि एक अंक जोडेको थियो ।
यो समूहमा एपिएफले दुई अंक जोड्दा पराजय ब्यहोरेको गण्डकी अंक विहिन छ ।

तीन भारतीय खेलाडीअनुबन्ध गरेपनि पुलिसविरुद्ध गण्डकीको प्रदर्शन फितलो रह्यो । पोखरा रंगशालास्थित कोर्टमा मंगलबार सम्पन्न एकतर्फी खेल पुलिसले २५-१०, २५-९, २५- १६ ले आफ्नो पक्षमा पारेको हो ।
बुधबार एपिएफ र गण्डकी भिड्नेछन् । यो खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
