आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः श्रीलंकाले दियो अस्ट्रेलियालाई २ सय १० रनको लक्ष्य

काठमाडौं । श्रीलंकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियासामू २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लखनउस्थित एकान क्रिकेट रंगशालमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि कुशल परेराले ८२ बलमा १२ चौकाको मद्दतले सर्वाधिक ७८ रनको योगदान गरे । यसैगरी पाथुम निसान्काले ६७ बलमा ८ चौकाको मद्दतले ६१ र चरिथा अस्लंकाले २३ रन बनाए ।

पहिलो विकेटका लागि परेरा र अस्लंकाले १ सय २५ रनको साझेदारी गरे पनि अन्य ब्याटरको राम्रो साथ नपाउँदा श्रीलंकाले बलियो योगफल खडा गर्न सकेन ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार, मिचेल स्टार्च र जोश हेजलउडले समान दुई तथा ग्लेन म्याक्सवेलले एक विकेट लिए ।

दुवै टोली पहिलो जितको खोजीमा छन् ।