तेस्रो टेस्टमा इङ्ल्यान्ड विजयी

काठमाडौं । एसेज शृंखलाको तेस्रो टेस्टमा घरेलु इङ्ल्यान्ड ३ विकेटले विजयी भएको छ ।

इङ्ल्यान्डको जितसँगै ५ खेलको शृंखला २-१ को अवस्थामा पुगेको छ । अघिल्ला दुई खेलमा अस्ट्रेलियाले २ विकेट र ४३ रनको जित निकालेको थियो ।

लिड्सस्थित हेडिङ्गले ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ५१ रनको लक्ष्य इङ्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।

इङ्ल्यान्डले २७-० को अवस्थाबाट चौथो दिनको सुरुआत गरेको थियो ।  

इङ्ल्यान्डका लागि ह्यारी ब्रुक्सले ९३ बलमा ९ चौकाको मद्दतमा ७५ रन बनाए । यसैगरी ज्याक क्राउलीले ४४, क्रिस वोक्सले अविजित ३२, बेन डुकेटले २३, जो रुटले २१, मार्क उडले अविजित १६ र कप्तान बेन स्टोक्सले १३ रन जोडे ।

आठौं विकेटका लागि वोक्स र उडले अविजित ५९ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्चले ५ तथा कप्तान प्याट कमिन्स र र मिचेल मार्शले समान १ विकेट लिए ।

दोस्रो इनिङमा अस्ट्रेलियाले सबै विकेट गुमाउँदै २ सय २४ रन मात्र बनाउन सकेपछि इङ्ल्यान्डले २ सय ५१ रनको लक्ष्य प्राप्त गरेको थियो ।

अस्ट्रेलियाका लागि ट्रभिस हेडले १सय १२ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए । यसैगरी उस्मान ख्वाजाले ४३, मार्नुस लाबुसेनले ३३, मिचेल स्टार्चले १६ र टोड मर्फीले ११ रन बनाए ।

दोस्रो विकेटका लागि ख्वाजा र लाबुसेनले ५७ रनको साझेदारी गरे ।

इङ्ल्यान्डका लागि क्रिस वोक्स र स्टुआर्ट ब्रोर्डले समान ३ तथा मार्क उड र मोइन अलीले समान २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । २ सय ३७ रनमै समेटिएपछि इङ्ल्यान्ड पहिलो इनिङमा २६ रनले पछि परेको थियो ।

चौथो टेस्ट जुलाई १९ देखि म्यानचेस्टरमा सुरु हुनेछ ।