आइसिसी एकदिवसीय विश्वकप छनोट

श्रीलंका च्याम्पियन

काठमाडौं । नेदरल्यान्ड्समाथि १ सय २८ रनको सहज जित निकाल्दै श्रीलंका आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

जिक्बावेको हरारे स्पोर्टस क्लबमा आइतबार श्रीलंकाले प्रस्तुत गरेको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स २३.३ ओभरमा १ सय ५ रनमै समेटियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डोउडले ३३, लोगन भान बिकले अविजित २० र विक्रमजित सिंहले १३ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंकमा रन जोड्न सकेनन् ।
श्रीलंकाका महेश थिक्सेनाले ४, दिल्सान मधुशंकाले ३ र वानिन्दु हसरंगाले २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै  २ सय३३ रनको योगफल तया थियो ।

श्रीलंकाका सहान अर्चिगेले ७१ बलमा ४ चौकाको मद्दतमा ५७  रन बनाए । यसैगरी कुशल मेन्डिसले ४३, चरिथ अस्लंकाले ३६, वानिन्दु हसरंगाले २९, पाथुमा निसन्काले २३ रन बनाए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बिक, रायन केलिन, विक्रमजित सिंह र  सकिब जुल्फिकरले समान २ तथा आर्यन दत्तले १ विकेट लिए ।

दुवै टोलीले विश्पकपमा स्थान बनाइसकेका छन् ।