तेक्वान्दो

तेक्वान्दो प्रशिक्षक दक्षिण कोरिया जाँदै

काठमाडौं इन्टरनेसनल मास्टर्स इन्स्ट्रक्टर कोर्स तथा पुम/डान एक्जामिनर कोर्समा सहभागी हुन ४ सदस्यीय तेक्वान्दो प्रशिक्षक टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ।

जुलाई ७ देखि १४ तारिखसम्म हुने कोर्समा मोहन विश्वकर्मा, हरिहर पाण्डे, मिन न्यौपाने र पुष्पराज जोशीले सहभागिता जनाउने छन् । चारै पुम/डान एक्जामिनर कोर्समा सहभागी हुने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।