चितवनलाई उपाधि

काठमाडौं, (खेलाडी)- भिम सार्कीको अर्धशतकप्रेरित चितवन टाइगर्सले पोखरा राइनोजमाथि चार विकेटको सहज जितका साथ एभरेष्ट प्रिमियर लिग (इपिएल) को उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा पोखराले प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवनले  १५.५ ओभरमा मात्र ६ विकेट क्षतीमा पूरा गरेको हो । 

चितवनका भिमले ४३  बलमा सात चौका र दुई छक्का मद्दतमा ६३  रन जोडे  ।

पोखराका किशाेर महताेले चार र नन्दन यादवले दुई विकेट लिए ।

पोखरामाथि चितवनको इपिएलमा यस सिजन यो लागातर तेस्रो जित हो । लिग चरण र पहिलो क्लालिफायरमा पनि चितवनले पोखरालाई हराएको थियो ।

यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको पोखरा १७.५ ओभरमा मात्र एक सय ११ रनमा सीमित भएको थियो ।

पोखराका असेला गुणारत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै रिचार्ड लेभीले २६, कप्तान विनोद भन्डारीले २२, बिपिन रावलले १७ र जोडे । 

चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । त्यस्तै सिकुगे प्रसन्नाले र करिम जन्नतले समात दुई तथा सागर ढकाल र कप्तान सोमपाल कामीले समान एक विकेट लिए । 

प्रतियोगिताको विजेताले नगद ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।