दृष्टिविहीन महिला क्रिकेट शृंखला

नेपाललाई एक खेल अगावै शृंखला

काठमाडौं । दोस्रो नेपाल- भारत दुईदेशीय ट्वान्टी-२० दृष्टिविहीन महिला क्रिकेट शृंखला नेपालले जितेको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले शनिबार सम्पन्न चौथो खेलमा भारतलाई १० विकेटले हराउँदै पाँच खेलको शृंखला १ खेल  अगावै आफ्नो पक्षमा पारेकको हो । शृंखलाको पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।

भारतले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य नेपालले १७.५ ओभरमा  कुनै पनि विकेट नगुमाइ भेट्टायो ।

नेपालका लागि मनकेशरी चौधरीले अविजित रहदै १ सय १६ रन बनाइन् । यसैगरी विनिता पुनले अविजित ८९ रन जोडिन् ।

यसुअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रनको योगफलत तयार पारेको ।  भारतका लागि गंगावा निलप्पाले ५६ रन जोड्दा झिलि विरुवाले ४४ तथा सिमु दासले ३२ रन जोडेकी थिइन् ।

नेपालका लागि सरिता घिमिरेले १ विकेट हात पारिन् ।

यस जितसँगै नेपालले शृंखलामा ३-१ को अग्रता लिएको छ । यसअघि नेपालले ८ र ९ विकेट तथा भारतले ९ विकेटको जित निकालेका थिए ।