चैत्र १०, २०८२ मंगलबार | ००:२९:२०
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

खुला टेनिस प्रतियोगिताः ऋतिक र अभिषेक फाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । ऋतिक राणा र अभिषेक बाँस्तोला नवौं सिटिजन्स बैंक खुला टेनिस  प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

ऋतिकले राष्ट्रिय च्याम्पियन प्रदीप खड्कालाई ३-६, ६-४ र ६-४ तथा अभिषेकले प्रणव खनाललाई ३-६, ६-४ र ६-२ को सेटमा पराजित गरे ।

यसैगरी महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन अभिलाषा विष्टले आइशा डोल्कर गुरुङलाई ६-० र ६-४ को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनाइन् । उपाधिका लागि अभिलाषाले माहिका राणा र सुनिरा थापाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछिन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मिक्स डबल्समा ऋतिक राणा र सुनिरा थापाको जोडीले निशान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडीलाई ६-३ र ६-३ तथा प्रदीप खड्का र माहिका राणाको जोडीले सक्षमविक्रम शाह र शुभाङ्गीलक्ष्मी शाहको जोडीलाई सीधा सेटमा ६-३ र ६-२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व च्याम्पियन जितेन्द्र परियार र कमलबहादुर भण्डारी फाइनलमा पुगे । सो स्पर्धाको डबल्समा सन्तोष खत्री र दावा सोनाम शेर्पा तथा जितेन्द्र परियार र सुवर्ण धाक्वाको जोडीले फाइनलमा स्थान सुरक्षित गरे । ४५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनल यात्रा तय गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जित प्रधान, राजु श्रेष्ठ, जीवन घिमिरे र उत्तमकुमार लामा सेमिफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा विदुर विष्ट र कमल थापाले उपाधि भिडन्त पक्का गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो