माघ १८, २०८२ आइतबार | ००:०५:१७
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

खुला टेनिस प्रतियोगिताः ऋतिक र अभिषेक फाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । ऋतिक राणा र अभिषेक बाँस्तोला नवौं सिटिजन्स बैंक खुला टेनिस  प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

ऋतिकले राष्ट्रिय च्याम्पियन प्रदीप खड्कालाई ३-६, ६-४ र ६-४ तथा अभिषेकले प्रणव खनाललाई ३-६, ६-४ र ६-२ को सेटमा पराजित गरे ।

यसैगरी महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन अभिलाषा विष्टले आइशा डोल्कर गुरुङलाई ६-० र ६-४ को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनाइन् । उपाधिका लागि अभिलाषाले माहिका राणा र सुनिरा थापाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछिन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मिक्स डबल्समा ऋतिक राणा र सुनिरा थापाको जोडीले निशान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडीलाई ६-३ र ६-३ तथा प्रदीप खड्का र माहिका राणाको जोडीले सक्षमविक्रम शाह र शुभाङ्गीलक्ष्मी शाहको जोडीलाई सीधा सेटमा ६-३ र ६-२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व च्याम्पियन जितेन्द्र परियार र कमलबहादुर भण्डारी फाइनलमा पुगे । सो स्पर्धाको डबल्समा सन्तोष खत्री र दावा सोनाम शेर्पा तथा जितेन्द्र परियार र सुवर्ण धाक्वाको जोडीले फाइनलमा स्थान सुरक्षित गरे । ४५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनल यात्रा तय गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जित प्रधान, राजु श्रेष्ठ, जीवन घिमिरे र उत्तमकुमार लामा सेमिफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा विदुर विष्ट र कमल थापाले उपाधि भिडन्त पक्का गरे ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।