माघ १५, २०८२ बिहीबार | ०७:४०:५१
गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा

राष्ट्रपति रनिङ शिल्ड : लङजम्पमा सुदीपको कीर्तिमान

काठमाडौं । लुम्बिनी प्रदेशका  सुदीप थारुले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा शनिबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

छात्रको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन् ।

लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्यो । सुदिपसहित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले निर्धारित दूरी ४४.० सेकेन्डमा पूरा गर्दै तत्कालिन मध्यपश्चिमाञ्चल टोलीको नाममा रहेको ४४.५३ सेकेन्डको कीर्तिमान भंग गरेको हो ।

यसैगरी लुम्बिनीका तुलसीराम थारुले छात्र तथा कर्णालीकी सरिता खड्काले छात्रा ४ सय मिटर दौडमा स्वर्ण जिते ।

तुलसीले निर्धारित दूरी ५१.३ सेकेन्डमा पूरा गरे । सरिताले निर्धारित दूरी तय गर्न १ मिनेट ०३.२ सेकेन्ड समय लगाइन् । सरिता ८ सय मिटर दौडमा पनि स्वर्ण जित्न सफल भइन् । सरिताले दूरी २ मिनेट ३०.७ सेकेन्डमा तय गरिन् । छात्र ८ समय मिटर दौड २ मिनेट ०१.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विक पहिलो भए ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिगषद् (राखेप)द्धारा आयोजित प्रतियोगिता अन्तर्गत ४ गुणा १०० मिटर रिलेको छात्रामा लुम्बिनीले स्वर्ण चुम्यो ।

ज्याभ्लिन थ्रोमा रवि चौधरी (५१.८४ मिटर) ले शीर्ष स्थान कब्जा गरे । छात्राको लङजम्पमा रेसु थारु (४.९१ मिटर) तथा ज्याभ्लिन थ्रोमा दिब्यकला थारु पहिलो भए ।

लङजम्प र ज्याभ्लिन थ्रोका सबै विजेता लुम्बिनीका हुन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।