बलियो नेपाल कप यु-१९ क्रिकेट प्रतियोगिता

तेस्रो संस्करणको बलियो नेपाल कप बुधबारबाट हुने

काठमाडौं । बलियो नेपाल न्युट्रिसन इनिसियटिभको आयोजनामा तेस्रो संस्करणको बलियो नेपाल कप यु-१९ क्रिकेट प्रतियोगिता यही चैत्र २२ देखि २७ गते सम्म पोखरा स्थित पोखरा क्रिकेट रंगशालामा हुने भएको छ ।

प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी,स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरको सहभागीता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै जनाकारी गराएको हो ।

प्रतियोगिता सहभागी ६ टोलीलाई दुई समुहमा विभाजन गरि लिग कम नकआउट पद्धतीमा संचालन हुनेछ ।

खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उदेश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले खेल जगत्, विशेष गरि ग्रासरुट क्रिकेटको प्रबद्र्वनका लागि २०७८ साल देखि नै बलियो नेपाल कप आयोजना गर्दै आइएको छ ।

बुधबार विहान ८ः३० बजे  सुरु हुने  प्रतियोगिताको उद्घघाटन खेलमा कर्णाली क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर प्रतिस्पर्धा गर्ने छन् ।