चैत्र ५, २०८२ बिहीबार | २१:२५:३१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

सञ्जय र पुष्पा च्याम्पियन

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र एपिउफ क्लबकी पुष्पा भण्डारी सहारा हाफ म्याराथनको च्याम्पियन बनेका छन् ।

चारपाने झापामा मंगलबार सम्पन्न प्रतियाको पुरुषतर्फ च्याम्पियन बनेका श्रेष्ठले निर्धारित दूरी एक घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गरे । केन्याली धावक सिमिओन किप्लागातोेले एक घन्टा  सात मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो तथा आर्मीका मोहनदेव जोशीले एक घन्टा सात मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

त्यसैगरी भण्डारी एक घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् । नेपाल प्रहरीकी रेखा विष्टले निर्धारित दूरी एक घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो तथा नेपाल प्रहरीकै सुमित्रा चौधरीले एक घण्टा २९ मिनेट ३० सिकेन्डको दुरी निकाल्दै  तेस्रो स्थान हासिल गरे  ।

दुवैतर्फका विजेताले समान ५१ हजार  रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । यसैगरी दोस्रो स्थान हासिल गर्नेले ३१ हजार रुपैयाँ,  मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेले जोशीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का चौथो, हरि रिमाल पाँचौँ, देवराज बस्नेत छैटौँ, प्रेमबहादुर बस्नेत, सातौँ भए । पाँचथरका दिपक सुहाङ आठौँ, धरानका प्रशान्त तामाङ नवौँ र आर्मीका जितेन्द्र दनुवार दसौं स्थानमा रहे ।  

महिलातर्फ सशस्त्र प्रहरीकी सीमा चौधरी चौथो, ताप्लेजुङकी सम्पालुङ शेर्पा पाँचौँ, धरानकी कल्पना राई छैटौँ, आर्मीकी पनिशा गुरुङ सातौँ, धरानकी जमुना गुरुङ आठौँ, आर्मीकी अनिता रेग्मी नवौँ र आर्मीकै सकुन्तला विक दसौं स्थान हासिल गरे ।  

चौथौदेखि दसौंसम्म हुने पुरुष तथा महिला धावकले सान्त्वना पुरस्कार स्वरुप नगद पाँच हजार र प्रमाणपत्र पाए । प्रतियोगितामा महिला तथा पुरुष गरी पाँच सय ३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।
यसैबीच, सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बर कँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मान गरिएको थियो ।

खेलाडीहरुको हौशला बढाउन उनीहरु चारपाने आएका थिए । मानन्धरलाई २५ हजार, लामालाई ११ हजार तथा कुँवर र राउतलाई  पाँच हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको हो ।

सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो