माघ २, २०८२ शुक्रबार | १७:३१:१७
सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल

सञ्जय र पुष्पा च्याम्पियन

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र एपिउफ क्लबकी पुष्पा भण्डारी सहारा हाफ म्याराथनको च्याम्पियन बनेका छन् ।

चारपाने झापामा मंगलबार सम्पन्न प्रतियाको पुरुषतर्फ च्याम्पियन बनेका श्रेष्ठले निर्धारित दूरी एक घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गरे । केन्याली धावक सिमिओन किप्लागातोेले एक घन्टा  सात मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो तथा आर्मीका मोहनदेव जोशीले एक घन्टा सात मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

त्यसैगरी भण्डारी एक घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् । नेपाल प्रहरीकी रेखा विष्टले निर्धारित दूरी एक घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो तथा नेपाल प्रहरीकै सुमित्रा चौधरीले एक घण्टा २९ मिनेट ३० सिकेन्डको दुरी निकाल्दै  तेस्रो स्थान हासिल गरे  ।

दुवैतर्फका विजेताले समान ५१ हजार  रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । यसैगरी दोस्रो स्थान हासिल गर्नेले ३१ हजार रुपैयाँ,  मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेले जोशीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का चौथो, हरि रिमाल पाँचौँ, देवराज बस्नेत छैटौँ, प्रेमबहादुर बस्नेत, सातौँ भए । पाँचथरका दिपक सुहाङ आठौँ, धरानका प्रशान्त तामाङ नवौँ र आर्मीका जितेन्द्र दनुवार दसौं स्थानमा रहे ।  

महिलातर्फ सशस्त्र प्रहरीकी सीमा चौधरी चौथो, ताप्लेजुङकी सम्पालुङ शेर्पा पाँचौँ, धरानकी कल्पना राई छैटौँ, आर्मीकी पनिशा गुरुङ सातौँ, धरानकी जमुना गुरुङ आठौँ, आर्मीकी अनिता रेग्मी नवौँ र आर्मीकै सकुन्तला विक दसौं स्थान हासिल गरे ।  

चौथौदेखि दसौंसम्म हुने पुरुष तथा महिला धावकले सान्त्वना पुरस्कार स्वरुप नगद पाँच हजार र प्रमाणपत्र पाए । प्रतियोगितामा महिला तथा पुरुष गरी पाँच सय ३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।
यसैबीच, सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बर कँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मान गरिएको थियो ।

खेलाडीहरुको हौशला बढाउन उनीहरु चारपाने आएका थिए । मानन्धरलाई २५ हजार, लामालाई ११ हजार तथा कुँवर र राउतलाई  पाँच हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको हो ।

सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate