ललितपुर मेयर्स कप

कोशीलाई सुदूरपश्चिको ८३ रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशसामू ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिले १८.५ ओभरमा  सबै विकेट गुमाउँदै ८२ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ३०, सम्झना खड्काले १६ र ऋतु कनौजियाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

केशीका लागि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमले समान तीन तथा ज्योति दनवारले एक विकेट लिए ।

सुदूरपश्चिम कोशीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । यसअघि ललितपुर मेयर्स-११ लाई ५१ रन तथा मधेस प्रदेशलाई सात विकेटले हराएको सुदूरपश्चिमले विभागीय टोली नेपाल एपिएफ क्लबसँग १५ रनको पराजय ब्यहोरेको थियो ।

यसैगरी काेशी पनि जित निकाल्दै फाइनल सम्भावना जिवित राख्ने लक्ष्यमा छ । ललितपुर मेयर्स-११ लाई सात विकेटले हराएको कोशी एपिएफसँग सात विकेटले पराजित भएको थियो ।