सूर्य नेपाल गल्फ टुर

सूर्य नेपाल च्यालेन्ज मंगलबारबाट हुने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि शुक्रबारसम्म हुने भएको छ ।

प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जनाकारी गराएको हो ।

रोयल नेपाल गल्फ क्लबमा  हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरि कुल ३८ खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा साबिक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रवी खड्का, राम मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउने आयोजकले बताएको छ । नेपालका नम्बर एक शुक्र राईले भने भारतमा रहेको कारण प्रतियोगिता गुमाउने छन् ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी तेस्रोले देखि दसौं स्थान हासिल गर्नेले क्रमशः ४६, ३८, ३४,, ३०, २७, २४, २२ र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउनेछन्  ।

प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुने संघका महासचिव दिपक आचार्यले जानकारी दिए ।