सन्दीप लामिछाने

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सर्यो

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको अन्तिम सुनुवाइ सरेको छ ।

सन्दीपलाई थुनामा पठाउनुपर्छ भन्ने आदेश दिएका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरि त्यो मुद्दाको पेशी परेको थियो ।

 फेरि घिमिरेको इजालसमा उक्त मुद्दा परेको भन्दै सन्दीप पक्षका न्यायाधिशहरुले सुनावाइ सार्न निवेदन दिएका थिए । जसको कारण सुनुवाइ स्थगित भएको हो ।अब यो मुद्दाको सुनुवाइ अर्को साता हुने सम्भावना छ ।

१८ कात्तिक २०७९ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले थुनछेक बहसका क्रममा क्रिकेटर सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।  

उक्त आदेशविरुद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उच्च अदालतले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

गत महिना सन्दीपले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि युएई जानु पर्ने भएकाले विदश जान अनुमती माग्दै सर्वोच्चमा निवदेन दिएका थिए ।

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश उल्टाउनु पर्ने माग राख्लै महान्यायाधिवत्ताको कार्यलय पनि सर्वोच्च पुगेको थियो ।

सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमती दिनुका साथै उच्च अदालत पाटनको फैसला सदर गरेको थियो । त्यस्तै सर्वोच्चले यो मुद्दा फास्ट ट्रयाकबाट छिट्टै किनारा लगाउन समेत आदेश दिएको थियो ।

जाहेलवालीले शुक्रबारमात्र राहत पाउनु पर्ने मागसहित निवेदन लिएकी थिइन । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले तत्काल राहत दिनु नपर्ने आदेश दिएको थियो ।

सन्दीपविरुद्ध भदौ २१ मा गौशाला प्रहरी वृत्तमा नाबालिक बलात्कारको जाहेरी परेको थियो । सन्दीपमाथि भदौ ५ मा सिनामंगलको एक होटलमा लगेर नाबालिकमाथि पटक पटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ ।