इङ्लिस प्रिमियर लिग

फोडेनले लिभरपुलविरुद्धको खेल गुमाउने

काठमाडौं । म्यानचेस्टर सिटीका फिल फोडेनले आफ्नो एपेन्डिक्सकाे शल्यक्रिया गरेपछि प्रिमियर लिग अन्तर्गत आगामी शनिबार हुने लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् ।

शल्यक्रियाका कारण इङ्लिस मिडफिल्डर फोडेनले युरो कप छनोट अन्तर्गत आइतबार भएको युक्रेनविरुद्धको खेल पनि गुमाएका थिए । फाेडेनकाे लन्डनमा शल्यक्रिया भएकाे थियाे । 

‘एपेन्डिक्सको शल्यक्रियाका कारण फोडेन लिभरपुलविरुद्धको खेलमा उपलब्ध हुने छैनन्,’सिटीले विज्ञप्तिमा भनेको,‘ उनी कती समय मैदान बाहिर रहन्छन् भन्ने यकिन छैन ।’

यसैगरी सिटीले प्रिमियर लिग अन्तर्गत अप्रिल आठमा साउथह्यामटन, अप्रिल ११ मा च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनको पहिलो लेगमा बायर्न म्युनिख तथा अप्रिल २२ ममा एफए कपको सेमिफाइनलमा सेफिल्ड युनाइटेडसँग खेल्नेछ।