आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट

युएईविरुद्ध कप्तान देवको अर्धशतक

फाइल फोटो

काठमाडौं । नेपालका कप्तान देव खनालले आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोटको आफ्नो  अन्तिम खेलमा  घरेलु टोली युएईविरुद्ध  अर्धशतशतक प्रहार गरेका छन् ।

देवले युएईको अजमनस्थित मलेक क्रिकेट मैदानमा जारी खेलमा ७५ बलमा तीन चौका र एक छक्का मद्दतमा अर्धशतक प्रहार गरेका हुन् ।

देवले चौथो विकेटका लागि उत्तम थापा मगरसँग ८४ रनको  साझेदारी गरेका थिए । उत्तमले ३६ रन बनाए ।

नेपाल युएईलाई पराजित गर्दै सन् २०१६ पछि यु-१९ विश्वकप खेल्ने लक्ष्यमा छ । युएई पनि नेपाललाई स्तब्ध बनाउँदै विश्वकपमा छनोट हुन चाहन्छ ।