मिथिला कप

मिथिला कपः रासिद र सुनिलको उत्कृष्ट प्रदर्शनमा एसके स्पोर्टस विजयी

काठमाडौं । सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा एसके स्पोर्टस एकेडेमी सप्तरीले सानदार जित निकालेको छ ।

एसके स्पोर्टसले शनिबार सम्पन्न खेलमा जुटेपानी युवा क्लब सर्लाहीलाई १० विकेटले पराजित गरेको हो ।

बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा जुटेपानीले प्रस्तुत गरेको एक सय नौ रनको लक्ष्य एसके स्पोर्टसले १४ ओभरमा  कुनै पनि  विकेट नगुमाई भेट्टायो।

एसके स्पोर्टसका लागि राष्ट्रिय टोलीबाट खेलिसकेका ओपनर सुनिल धमलाले ३८ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ५८ रन बनाए । अर्का ओपनर भोला भण्डारी ४६ बलमा तीन चौका र एक छक्का मद्दतले ४५ रनमा अविजित रहे ।

यस अघि टस जितेर ब्याटिङ राजेको जुटेपानीले १८.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय आठ रनको योगफल तयार पारेको थियो । जुटेपानीका लागि सुधिर चौधरीले ३८, विवेक चौधरीले २८ तथा विशाल पटेलले १९ रन बनाए।

एसके स्पोर्टसका लागि राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका फास्ट बलर रासिद खानले पाँच विकेट लिए। रासिदले  पहिलो इनिङगको अठारौं ओभरको दोश्रो, तेश्रो र चौंथो बलमा क्रमशः विशाल पटेललाई क्याच ,सक्रिय कार्कीलाई बोल्ड र अभय यादवलाई एलबिडब्लु आउट गर्दै  ह्याट्रिक पुरा गरेका थिए।  
 

यसैगरी संजित साह र अजय यादवले समान दुई तथा सुनिल धमलाले एक विकेट लिए।