एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

फाइल फोटो

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ समूह विजेताका रुपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा मधेस प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले लगातार तेस्रो जित निकालेको हो ।

हेल्प नेपालले  खेल २५–१८ ले २५–२२ र २५–८ ले आफ्नो पक्षमा पारेको हो ।

यस जितसँगै समूह ‘डी’ को हेल्प नेपालले तीन खेलबाट नौ अंक जोड्दा पराजय ब्यहोरेको मधेस अंकविहीन हुँदै बाहिरिएको छ ।

यो समूहबाट केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रले  उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनाएको छ ।

केशललाले बिहिबार भएको आफ्नो अन्तिम खेलमा बुढानिलकण्ड भलिबल क्लबलाई २६–२५,२५–१८र २५–१६ ले हराएको हो ।