पिएसजी

मेसीको पुनरागमन महत्वपुर्णः ग्लाटियर

पेरिस । पेरिस सेन्ट जर्मन(पिएसजी)का प्रशिक्षक क्रिस्टोफर ग्लाटियर स्ट्राइकर लियोनल मेसीको पुनरागमन महत्वपुर्ण रहेको बताएका छन् ।

अर्जेन्टिनालाई कतार विश्वकप २०२२ को उपाधि दिलाएपछि क्लब फुटबलमा फर्किएका मेसीले पहिलो खेलमै गोल गरेका थिए ।

पिएसजीले ह्युगो इटिके र मेसीको गोलमा लिग वान अन्तर्गत बुधबार राति सम्पन्न खेलमा एन्जर्समाथि २–० को जित निकालेको थियो ।

ग्लाटियरले भने,‘मेसीलाई सर्मथन गरेकामा सबै सर्मथकलाई धन्यवाद । यो नै सबै भन्दा ठुलो उपलब्धि हो । मेसी हँदा र नहुँदा क्लबमा धेरै फरक देखिएको थियो । लामो समय प्रशिक्षणमा सामेल हुन नपाए पनि मेसीले उत्कृष्ट पुनरागमन गरेका छन् । यो क्लबका लागि निकै महत्वपूर्ण छ ।’

यो जितसँगै १८ खेलमा ४७ अंक जोडेको पिएसजीले दोस्रो स्थानको लेन्ससँग ६ अंकको दुरी बनाएको छ ।