भलिबल

भलिबल खेलाडी रेश्मा भण्डारी सम्मानित

काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो आठौं स्मृति दिवसको अवसरमा मंगलबार सम्मान गरेको छ ।

राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान,सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई नगदसहित सम्मान गरेको हो ।

प्रतिष्ठानले  रेश्मालाई नगद १५ हजार एक  रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रजत जित्दा तथा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो संस्करणमा नेपालले स्वर्ण जित्दा रेश्मा टोलीकी सदस्य थिइन् ।

प्रतिष्ठानले भलिबल खेलाडी भण्डारीसंगै विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गर्ने क्रममा पत्रकारितातर्फ द राइजिङ नेपालकी मञ्जिमा ढकाल, कलाकारतर्फ सितारवादक सीतामैया राजवललाई सम्मान गरेको छ । दुवैलाई जनही १५ हजार एक  रुपैयाँ प्रशंसा पत्र प्रदान गरियो ।

त्यसैगरी जेष्ठ नागरिकतर्फ चन्द्रागिरी नगरपालिकाकी जनमाया महर्जन र पम्पादेवी कटुवाललाई प्रतिष्ठानले नगद १५ हजार  एक रुपैयाँ र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको थियो । 
संस्थातर्फ रेनुका दुलाल स्मरण प्रतिष्ठानका अध्यक्ष चन्द्र दुलाल सम्मानित भएका थिए । प्रतिष्ठानले दुलाललाई सामाजिक क्षेत्रमा पु¥याएको विशेष योगदानका लागि नगद एक लाख  एक रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो ।

उनीहरुलाई माइती नेपालकी अध्यक्ष सिएनएन हिरो अनुराधा कोइराला,चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी,प्रदेश सांसद् रामकृष्ण चित्रकार,प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीलगायतले नगद,प्रशंसा पत्र प्रदान गरे । सो अवसरमा आमाको महिमाको वारेमा गीत र कविता पनि पाठ गरिएको थियो ।