काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप

किर्गिस्तानसँग खेल्दै नेपाल

ढाका । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो तथा  अन्तिम खेलमा किर्गिस्तानको सामना गर्दैछ ।

नेपाल र किर्गिस्तानबीचको खेल बंगलादेशको ढाकास्थित सहिद शुरवार्दी नेसनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली बंगलादेश तथा दोस्रो खेलमा श्रीलंकासँग समान ३–० को सोझो सेटमा  पराजित नेपाल कीर्गिस्तानलाई हराउँदै सान्त्वना  जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा श्रीलंकालाई ३–१ को सेटमा हराएको किर्गिस्तानले दोस्रो खेलमा बंगलादेशसँग ३–१ सेट कै पराजय ब्यहारेको थियो । त्यसैले किर्गिस्तान आज नेपाललाई हराउँदै फाइनल सम्भावनालाई जिवित राख्न चाहन्छ ।