भलिबल

महिला भलिबलमा आर्मी विजयी

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ को सोझो सेटमा कर्णालीलाई पराजित गर्यो ।

शनिबार दोस्रो खेल मधेश र प्रदेश १ बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए । भलिबलको फाइनल कात्तिक २ गतेसम्म चल्नेछ ।