सावित्रा भन्डारी

महिला फुटबलमा एपिएफसँग १६-० ले हार्यो कर्णाली

स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपिएफ क्लबले कर्णाली प्रदेशलाई १६-० गोल अन्तरले पराजित गरेको छ ।

स्याङ्जाको वालिङमा भएको खेलको ५ औं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गरेकी थिइन् । त्यसको तीन मिनेट नबित्दै एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।

खेलको १३ औं मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन् भने १८ औं मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गदै ह्याट्रिक गरिन् ।

खेलको १९ औं मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन भने २१ औं मिनेटमा प्रिति राईले छैटौं गोल गरिन् । २७ औं मिनेटमा अनिताले, ३६ औं मिनेटमा सरुले, ४५ औं मिनेटमा सावित्रा व्यक्तीगत चौथो सगै टोलीलाई ९ गोलको अग्रता दिलाइन् ।

सविता रानाले पहिलो हापको इन्जुरी समयमा एपीएफका लागि १० औं गोल गरिन् । खेलको ४८ औं मिनेटमा सरु लिम्बुले ह्याट्रिक पूरा गदै टोलीका लागि ११ औं गोल गरिन् । ५२ औं मिनेटमा सावित्राले, ६१ औं मिनेटमा मनमाया लिम्बुले, ७१ औं मिनेटमा गिता रानाले र खेलको ८३ औं र ८६ औं मिनेटमा रविना गोलेले टोलीका लागि १५ औं र १६ औं गोल गरिन् ।