माघ १९, २०८२ सोमबार | ००:५६:०२
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

बुद्धिचालमा तीव्र प्रतिस्पर्धा

गोरखा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला तथा महिला तर्फको दोस्रो र तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भएको छ । खुल्ला क्लासिकल इभेन्टको तेस्रो चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल, बाग्मती प्रदेशका आशिष फुयाल र नेपाल पुलिस क्लबका क्षितिज भण्डारीले ३/३ अंक जोडेका छन् । आर्मीका सजिन महर्जनले २.५ अंक जोडेका छन् ।

महिला क्लासिकल इभेन्टको तेस्रो चरण सम्पन्न हुदाँ त्रिभुवन आर्मी क्बलकी सुजना लोहनी, प्रदेश नम्बर १ की खुस्बु थापाले अग्रता लिएका छन् । उनीहरुले ३/३ अंक जोडेका छन् । प्रतियोगितामा गण्डकी प्रदेशकी पुजा भण्डारीले पनि ३ अंक जोड्दै आफूलाई बलियो दावेदारीको रुपमा प्रस्तुत गरेकी छन् । प्रदेश नम्बर १ की कृतिसारा अधिकारीले २.५ अंक जोडेकी छन् ।

प्रतियोगितामा ११ टिमको सहभागिता छ । प्रतियोगिता अन्तर्गत आज क्लासिकल इभेन्ट अन्र्तगत चौथो र पाचौँ चरणको खेल भइरहेको उनले जानकारी दिए । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान तथा राष्ट्रिय खेलकुद प्ररिषद्को आयोजना तथा गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारदेखी गोरखा सदरमुकाममा बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।

गोरखा नगरपालिका ५ स्थित हिलेपोखरीमा रहेको गोरखा क्याम्पस परिषरमा जारी प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ ।  प्रतियोगिता अन्तरगत पाँच  दिन क्लासिकल, दुई दिन र्यापिड र एक दिन बिल्च इभेन्टमा प्रतिस्पर्धा हुँदैछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।