प्रदेन नम्बर १ फुटबल

महिला फुटबलमा प्रदेश नम्बर-१ सँग २-१ ले हार्यो गण्डकी

स्याङ्जा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा शनिबार प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २-१ गोलको नतिजा पराजित गरेको छ ।

अन्जना थुलुङ राईले ३६औं मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता दिलाइन् । दोस्रो हाफको ६३औं मिनेटमा अनिता गुरुङले गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् ।

खेलको ८१औं मिनेटमा शान्ति नेपालीले गण्डकीका लागि एक गोल गरेपनि हारबाट जोगाउन पर्याप्त भएन ।