एनभिए क्लब च्याम्पियनसिपमा आज ६ खेल हुँदै

काठमाडौं, (खेलाडी)-  छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा आज ६ खेल हुँदैछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने दिनको पहिलो खेलमा पुरुषतर्फ नेपाल पुलिस र गण्डकी प्रदेशले खेल्दैछन् । दोस्रो खेल मणिमुकुन्द र दावली मिलन क्लबबीच हुनेछ । 

समूह ’ए’ को विजेता टुंगो लगाउने तेस्रो खेलमा तीन भारतीय खेलाडी सम्मिलित टोली हेल्प नेपाल र गल्कोटबीच प्रतिस्पर्धा हुनेछ । दुवै टिमले अहिलेसम्म समान ६ अंक जोडेका छन् । चौथो खेल प्रदेश दुई र बुढानिलकण्ठबीच हुनेछ ।

बुधबार अन्तिम दुई स्पर्धा भने महिलातर्फको हुनेछ । महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लब र ढोरपाटनबीच प्रतिस्पर्धा हुनेछ ।