राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं, (खेलाडी)- नेपाल भलिबल संघको आयोजनामा हुने छैटौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब च्याम्पियनसिपको तयारी पूरा भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द (राखेप) को कभर्डहलमा भोलिदेखि सुरु हुने प्रतियोगितामा पुरुषतर्फ १४ टिम र महिलातर्फ ६ टिम गरी कुल २० टिमको सहभागीता छ ।

पुरुषतर्फ टिपटप हेल्प नेपाल, नेपाल स्पोर्ट्स क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपिएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, बाग्मती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब, कर्णाली प्रदेश र बुढानिललकण्ठ भलिबल क्लब रहेका छन् । 

यस्तै महिलातर्फ होङवान्जी न्यु डाइमन्ड क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपिएफ, ढोरपाटन स्पोर्ट्स र एभरेस्ट भलिबल क्लब छन् ।

यस संस्करणको च्याम्पियनले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ र तेस्रो स्थानको टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

गतवर्षको तुलनामा यसपटक पुरस्कार राशीमा दोब्बर वृद्धि गरिएको हो । गत संस्करणको  च्याम्पियनले नगद २ लाख रुपैया, उपविजेताले नगद १ लाख रुपैया र तेस्रो हुने टिमले नगद ५० हजार रुपैया प्राप्त गरेका थिए ।