अतिरिक्त समय खेल्ने स्वभावसाथ सधै खुसी रहने छु : पेले

ब्रासिलिया, (खेलाडी)- विश्व फुटबलका महान खेलाडी पेलेले साओ पालाओस्थित अल्बर्ट आइनस्टाइन अस्पतालको आइसियुबाट डिस्र्चाज भएपछि आउदा दिनहरु खुसीसाथ बिताउने बताएका छन् । 

८० वर्षिय पेलेको पेटमा ट्युमर भेटिएपछि केही समयअघि अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालबाट डिस्चार्ज भएपछि पेलेले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए । 

‘मेरा साथीहरु, यो सन्देश तपाईहरु सबैका लागी हो । मैले तपाईहरुले माया देखाउँदै पठाएको सन्देश पढिँन भन्ने नसोच्नुहोस्,’ पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईहरु सबैमा धन्यवाद । जसले मलाई सुभसन्देश पठाउन आफ्नो महत्वपूर्ण समय खर्चिनुभयो । धेरै धेरै माया, म आइसियुबाट बाहिरिइसकेँ र अहिले घरमा छु । म ९० मिनेट प्लस अतिरिक्त समय खेल्ने स्वभावसाथ सधै खुसी रहने छु । हामी चाडै सँगै हुनेछौं ।’ 

कोभिड १९ महामारी अघि देखि नै सार्वजनिक स्थलमा देखिन छाडेका पेले कम्मरको समस्याका कारण पछिल्ला केही वर्षयता सहयताबिना हिड्डुल गर्न नसक्ने अवस्थामा छन् ।