आइपिएल हेर्न दर्शकले रंगशालामा प्रवेश पाउने 

मुम्बई, (खेलाडी)- इन्डियन प्रिमियर लिग (आइपिएल)मा दर्शकले रंगशाला प्रवेश पाउने भएका छन् । 

अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइए अनुसार कोभिड १९ का कारण अप्रिलमा स्थगित भएपछि बाँकी रहेका आइपिएलका खेलमा दर्शकले रंगशाला प्रवेश पाउने भएको हो । 

आयोजकले सीमित मात्रामा दर्शक राख्ने योजना बनाएको बताइएको छ । भारतमा कोभिड १९ को महामारी अनियन्त्रित अवस्थामा पुगेपछि बिना दर्शक खेलाइएको प्रतियोगिता बीचमै रोकिएको थियो । 

प्रतियोगिताका बाँकी खेलहरु पनि भारतमा नगरेर संयुक्त अरब इमिरेट्स (युएई) को दुबई, सारजाहाँ र आबुधाबीमा हुँदैछ ।  

यस्तै पुरुष तर्फको ट्वान्टी २० विश्वकपअन्तर्गत सुपर १२ तथा नकआउट चरणका खेल समेत अक्टोबर र नोभेम्बरमा युएईमा हुने तय छ ।