- इङ्ल्यान्डले जितेको पहिलो आइसिसी उपाधि
- कसरी जित्यो इन्टर मिलानले लिग ?
- यु-टर्न भए बार्सिलोना प्रशिक्षक जाभी
- सचिन तेन्दुलकरको आत्मकथा ‘प्लेइङ इट माइ वे’
- महिला फुटबल लिग छनोटको ‘दयनीय’ पारा
- वेस्ट इन्डिजसँग नेपाललाई गल्ती सुधार्ने अवसर
- दशरथ रंगशालामा लामो कपालको चर्चा
- महिला फुटबल लिगको ‘दयनीय’ पारा
- सिन्धुपाल्चोक जिल्ला लिगः साँगाचोकको सहज जित
- कोर्स रेकर्डसहित निरज च्याम्पियन
काठमाडौं । न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्रतर्फ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मनमैजुस्थित आयोजक एन्जल्स्स हार्ट कलेजको कोर्टमा आइतबार सम्पन्न फाइनलमा न्यु जेनिथ ‘बी’ ले रित एकेडेमीलाई १८-१५ ले हरायो ।
यसअघि भएको सेमिफाइनलमा न्यु जेनिथ ‘बी’ ले नवज्योतिलाई ९–६ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा रितले ग्रिनल्यान्ड ‘बी’ लाई १५–९ ले हराउँदै न्यु जेनिथ ‘बी’ सँगको भेट पक्का गरेको थियो ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० हजार र सात हजार रुपैंया प्राप्त गरे । न्यु जेनिथ ‘बी’ का अमृत भट्टराई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेता र उपविजेता टिमका सदस्यले एन्जल्स हार्टमा माध्यमिक शिक्षा अध्ययन गर्न चाहेमा क्रमशः सतप्रतिशत, ७५ प्रतिशत र सहभागी सबै टिमका खेलाडीलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
दुईदिनसम्म चलेको प्रतियोगितामा ६६ टिमले नकआउट पद्दतिमा प्रतिस्पर्धा गरेका थिए ।