- इङ्ल्यान्डले जितेको पहिलो आइसिसी उपाधि
- कसरी जित्यो इन्टर मिलानले लिग ?
- यु-टर्न भए बार्सिलोना प्रशिक्षक जाभी
- सचिन तेन्दुलकरको आत्मकथा ‘प्लेइङ इट माइ वे’
- महिला फुटबल लिग छनोटको ‘दयनीय’ पारा
- वेस्ट इन्डिजसँग नेपाललाई गल्ती सुधार्ने अवसर
- दशरथ रंगशालामा लामो कपालको चर्चा
- महिला फुटबल लिगको ‘दयनीय’ पारा
- सिन्धुपाल्चोक जिल्ला लिगः साँगाचोकको सहज जित
- कोर्स रेकर्डसहित निरज च्याम्पियन
काठमाडौं । ऋत एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड ‘बी’ प्रथम एन्जल्स एसइई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा ऋत ‘ए’ ले महामञ्जुश्रीलाई १०-८ को स्कोरमा हरायो । ग्रिनल्यान्ड ‘बी’ ले न्यु जेनिथ ‘ए’ माथि ८-७ को प्रतिस्पर्धात्मक स्कोरमा जित हासिल गरेको थियो ।
मनमैजुस्थित आयोजकको कोर्टमा भइरहेको प्रतियोगितामा नवज्योति र न्यु जेनिथ ‘बी’ पनि सेमिफाइनल पुगेका छन् ।
नवज्योतिले ऋत ‘बी’ लाई ७-४ तथा न्यु जेनिथ ‘बी’ ले लालीगुराँसलाई ८-७ ले पाखा लगाए । सेमिफाइनलमा नवज्योतिको भेट न्यु जेनिथ ‘बी’ संग हुनेछ भने ऋत ‘ए’ ले ग्रिनल्यान्ड ‘बी’ को सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । विजेता, उपविजेता र सहभागी टिमका खेलाडीलाई एन्जल्स हार्टमा छात्रवृत्तिको पनि व्यवस्था छ । आइतबार सम्म नकआउट पद्दतिमा चल्ने प्रतियोगितामा ६६ टिम सहभागी छन् ।