- ट्वान्टी २० विश्वकपमा आतंकवादी हमलाको खतरा
- शतप्रतिशत जितसहित डिएभी सेमिफाइनलमा
- पाथिरानाले आइपिएल गुमाउने
- सहारालाई उत्कृष्ट क्लबकाे अवार्ड
- इङ्ल्यान्ड ‘सी’ को सामना गर्दै नेपाल
- रोमा र युभेन्ट्सको बराबरी
- लखनउलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लियो
- लिभरपुलले टोटनहमलाई हरायो
- एस्टन भिल्ला ब्राइटनसँग पराजित
- कर्पोरेट सुपर सिक्सेसः एनआइसी एसियाको दोहोरो जित
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एमाले)का सांसद गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच भएको सम्झौता खारेज हुनुपर्ने बताएका छन् । आइतारको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले एउटा नीजि कम्पनीलाई नेपालको समग्र क्रिकेट सुम्पिएको दाबी गरे ।
‘नेपालको एउटै खेल विश्व वरियतामा अलिकति माथि छ भने त्यो क्रिकेट हो,’ सांसद बास्कोटाले भने, ‘१४औं वरीयता प्राप्त नेपाल यो सरकारले, खेलकुद मन्त्रालयले नेपालको सम्पूर्णं (क्रिकेटसम्बन्त्री) खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्ट्स प्रालीको हातमा सुम्पियो ।’
यसबाट नेपाली क्रिकेट खेलको आठ वर्षका लागि बन्ध्याकरयणसमेत भएको बाँस्कोटाको भनाई थियो । खेलाडीहरु लिगमा अनुबन्ध हुन सक्ने भए पनि यहाँ सम्पूर्ण खेल क्षेत्रको अधिकार नै भारतीय कम्पनीलाई दिइएको बाँस्कोटाले बताए ।
‘सार्वजनिक खरिद ऐन मिचेर बिना प्रतिस्पर्धा सम्पूर्ण खेल क्षेत्रको अधिकार दिइएको छ,’ बाँस्कोटाले भने, ‘यो खेद जन्य र गम्भीर आपत्तिको विषय छ । त्यति मात्रै होइन, त्यसमा कानुनी अधिकारको विषयमा पनि भारतको कानुन लाग्ने छ ।’
‘यो कसरी हुन पुग्यो ?’ बाँस्कोटाले प्रश्न गर्दै भने, ‘यो खारेज हुनुपर्दछ, खेलकुद मन्त्रालयले यो खारेज गर्नुपर्छ ।’