दीप कार्की

नेपाली गोलपोस्ट जगाउँदै दीप

एक महिनाअघिसम्म नेपाली फुटबलमा दीप कार्कीको नामले त्यो वजन पाएको थिएन, जसका लागि उनी हकदार थिए । घरेलु फुटबलमा प्रदर्शन राम्रो भए पनि देशलाई प्रतिनिधित्व गर्ने सवालमा भने उनले मौका पाइरहेका थिएनन् ।

सायद उनले यति चाँडै नेपालको जर्सी लगाएर पोस्ट सम्हाल्ने आस गरेका थिएनन् । कारण स्पष्ट छ, अनुभवी कप्तान किरण चेम्जोङले पोस्टमा परिपक्व उपस्थिति जनाइरहेका थिए । किरण उच्च फर्ममा थिए । यही कारण विदेशी लिगमा समेत किरणको प्रदर्शनले तहल्का मच्चाइरहेको थियो । शारीरिक रूपमा निकै फिट किरण अझै केही वर्ष नेपालको पोस्टमा यसैगरी पर्खालझै उभिइरहने अपेक्षा स्वाभाविक थियो ।

राष्ट्रिय खेलाडीको यति ठूलो समूह र प्रशिक्षकबीचको त्यो मनमुटावको घटना नेपाली फुटबल इतिहासकै सबैभन्दा दुर्भाग्यपूर्ण थियो । तर, सिक्काको दुई पाटा भएजस्तै नतिजामा त्यो घटनाका पनि दुई पक्ष रहे ।

तर दुई महिनाअघि नेपाली फुटबलमा एउटा नसोचेको घटना भयो । कुवेतका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र राष्ट्रिय टोलीका मुख्य १० खेलाडीबीच सामान्य विषयमा असमझदारी पैदा भयो । सुविधाजनक बसाइ र पोषणयुक्त खानाका लागि खेलाडीले गरेको सामान्य अनुरोधले हठी प्रशिक्षक अल्मुताइरीको ‘इगो’मा ठेस पुग्यो । उनले त्यस्तो अनुरोध गर्ने १० खेलाडीलाई एसियन कप छनोटको तयारीमा रहेको टोलीबाट निकालिदिए । अन्यायमा परेका साथीहरूसँग ऐक्यबद्धता जनाउँदै फेसबुकमा लेखेवापत माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका कप्तान (किरण)ले पनि टिमबाट बर्हिगमनको सजाय स्वीकार्नुपर्यो ।

राष्ट्रिय खेलाडीको यति ठूलो समूह र प्रशिक्षकबीचको त्यो मनमुटावको घटना नेपाली फुटबल इतिहासकै सबैभन्दा दुर्भाग्यपूर्ण थियो । तर, सिक्काको दुई पाटा भएजस्तै नतिजामा त्यो घटनाका पनि दुई पक्ष रहे ।

पहिलो पक्ष भनेको राष्ट्रिय टोलीका लागि लामो समयदेखि महत्त्वपूर्ण योगदान गरेका ११ खेलाडीलाई एकैपटक अपमानजनक रूपमा टिमबाट निकालियो । जसले गर्दा ती खेलाडीमाथि अन्याय त भयो नै, साथमा नयाँ पुस्तामा पनि ‘खेलाडीले जुनसुकै दिन पनि एउटा हठी व्यक्तिको प्रतिशोधको सिकार बन्न तयार हुनुपर्छ’ भन्ने नकारात्मक सन्देश सञ्चार गरायो ।

त्यो घटनाको दोस्रो पक्षले भने सम्भावना उजागर गरेको छ । एकैपटक ११ अनुभवी खेलाडी टिमबाट बाहिरिँदा स्वाभाविक रूपमा नयाँ तथा जुनियरले मौका पाए । राष्ट्रिय टोलीबाट एकै खेल नखेलेका सात जनाले छनोट प्रतियोगिताका लागि कुवेत र त्यसैको तयारीलाई कतार उडेको टोलीमा स्थान पाए । जसमा चारजना पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए ।

देशका लागि योगदान गर्नेहरू पनि आफूमाथि अन्याय हुँदा कतिसम्म निरीह र असहाय हुन्छन् भन्ने पनि देखायो । पक्कै पनि उनीहरूलाई अरू कसैले राष्ट्रिय टोलीमा स्थानान्तरण गरे, तर तिनको पनि भविष्य यस्तै नहोला भन्ने के ग्यारेन्टी ? भन्ने जस्ता प्रश्न उठायो ।

त्यो घटनाको दोस्रो पक्षले भने सम्भावना उजागर गरेको छ । एकैपटक ११ अनुभवी खेलाडी टिमबाट बाहिरिँदा स्वाभाविक रूपमा नयाँ तथा जुनियरले मौका पाए । राष्ट्रिय टोलीबाट एकै खेल नखेलेका सात जनाले छनोट प्रतियोगिताका लागि कुवेत र त्यसैको तयारीलाई कतार उडेको टोलीमा स्थान पाए । जसमा चारजना पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए ।

टोली अपरिपक्व थियो । अन्तर्राष्ट्रिय खेलमा अनुभव थिएन । त्यसैले ठूलो आशा गरिएको पनि थिएन । हुन त प्रशिक्षक अल्मुताइरीले प्रशिक्षण सुरु भएलगत्तै नेपाल एएफसी एसियन कप–२०२३ मा छनोट हुन नसक्ने विवादास्पद अभिव्यक्ति दिइसकेका थिए । त्यसबाट पनि आस गर्ने ठाउँ रहेन । यद्यपि प्रतियोगितासँगै नयाँ टोलीबाट केही खेलाडीले आफूलाई प्रमाणित गर्न सफल भए । हो, गोलकिपर दीपले पनि आफू नेपाली राष्ट्रिय टोलीको उज्यालो भविष्यको एउटा सारथि बन्न सक्ने प्रदर्शन दिए ।

किरणसँगै दोस्रो र तेस्रो रोजाइका क्रमश: विकेश कुथु र विशाल श्रेष्ठ पनि टिमबाहिर हुँदा दीपले पोस्ट सम्हाल्ने जिम्मेवारी पाएका थिए । त्यसअघि टिममा स्थान बनाएर पनि बेन्चमा थन्किँदै आएका दीपले कुवेतमा औपचारिक डेब्यु गरे । त्यसअघि राष्ट्रिय टिमले खेलेका अनौपचारिक अभ्यास खेलमा पनि पोस्ट सम्हालेका दीपले, ‘विकल्पमा म पनि छु,’ भन्ने स्पष्ट संकेत दिएका थिए ।

‘धेरै सोच बनाएको छु । पाएका अवसरमा राम्रो गरे जस्तो लाग्छ । यो नै अन्त्य हैन, अझै गर्न र सिक्न धेरै छ,’ छनोट खेल सकिएलगत्तै दीपको सामान्य प्रतिक्रिया थियो ।


दोहा, कतारमा भएको अनौपचारिक तीन खेलमा दीपले गरेको प्रदर्शन देखेरै मुख्य प्रशिक्षक अल्मुताइरीले उनलाई मौका दिएका थिए । दोहामा टिमोर लिस्टे, श्रीलंका र अन्तिम खेलमा ओमानविरुद्ध गरेको सशक्त प्रदर्शनले दीपले दोस्रो रोजाइका विशाल सुनारलाई आधिकारिक खेलमा मौका नै दिएनन् ।

दीपले ओमानले पाएको तीनमध्ये एक पेनाल्टी विफल बनाएका थिए । अर्काे पेनाल्टी भने ओमानी खेलाडीले बाहिर प्रहार गरे । नेपालले खाएको एक गोल अर्को पेनाल्टीमार्फत भएको हो । जुन समय नेपालको पोस्ट विशाल सुनारले सम्हालेका थिए ।

विशेषत: ओमानविरुद्ध दीपले गरेको प्रदर्शन लोभलाग्दो थियो । यद्यपि खेल ओमानले २–० ले जित्यो । सोही खेलमा ओमानले तीन पेनाल्टी पाएको थियो । दीपले बिताउन पाएनन् । नेपालले पहिलो हाफको इन्जुरी समयमा पहिलो र दोस्रो हाफको इन्जुरी समयमा दोस्रो गोल बेहोर्यो ।

तर, दीपले ओमानले पाएको तीनमध्ये एक पेनाल्टी विफल बनाएका थिए । अर्काे पेनाल्टी भने ओमानी खेलाडीले बाहिर प्रहार गरे । नेपालले खाएको एक गोल अर्को पेनाल्टीमार्फत भएको हो । जुन समय नेपालको पोस्ट विशाल सुनारले सम्हालेका थिए ।

दीपले जेठ २५ मा एसियाली महारथी जोर्डनविरुद्ध खेल्दा  डेब्यु गरेका हुन् । जुन खेलमा पहिलो हाफमा जोर्डनले पाएको एउटा पेनाल्टी दीपले विफल पारिदिएका थिए ।

आफूभन्दा धेरै माथिल्लो स्तरको टिमसँग नेपाली टिम रक्षात्मक रूपमा प्रस्तुत हुनु अपेक्षित नै थियो । एकोहोरो आक्रमण गरेको जोर्डनले पहिलो हाफको अन्त्यतिर पेनाल्टी पाएको थियो । तर, उत्कृष्ट लयमा रहेका दीपले जोर्डनका मोउसा मोहम्मद सुलेमानको पेनाल्टी रोक्दै पहिलो हाफमा नेपाललाई गोल खानबाट बचाए । नेपालमाथि हाबी बनर जोर्डनले गरेका धेरै आक्रमण विफल बनाइदिएका दीपले युवा टिमको आत्मविश्वास ‘बुस्ट’ गरेका थिए । यद्यपि  नेपाल खेलमा २–० ले पराजित भयो ।

दोस्रो खेलमा नेपालभन्दा आयोजक कुवेत बढी दबाबमा थियो । नेपाली युवा खेलाडीलाई कुनै दबाब थिएन । खेलाडीले खुलेरै खेले । नेपालले २८औं मिनेटमा पहिलो गोल बेहोर्यो । यद्यपि दीपले आफ्नो प्रदर्शन लयबाहिर जान दिएनन् । कुवेतले बनाएका केही गोलका अवसरलाई दीपले बहादुरीपूर्वक सामना गरेर विफल बनाइदिए । सन् १९८२ पछि कुवेती पोस्टमा पहिलो पटक फरवार्ड दर्शन गुरुङले गोल गरे । औसत प्रतिक्रिया आएको खेलमा नेपाल ४–१ ले पराजित हुँदै एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

दीपले आधिकारिक रूपमा राष्ट्रिय टोलीको पोस्ट सम्हालेको यिनै तीन खेलमा हो । घरेलु मैदानमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदक जित्दा दीप तेस्रो रोजाइका गोलरक्षक थिए ।

अन्तिम खेलमा प्रशिक्षक अल्मुताइरीले दुई खेलाडी (शिव गुरुङ र नीरकुमार राई)लाई डेब्यु गराएका थिए । पहिलो हाफमै सुमन अर्यालले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे । इन्डानेसियाले पूरा समय नेपाललाई दबाबमा राख्दै ७–० को जित निकाल्यो । तर दीपको प्रदर्शन औसतमा उच्च रह्यो ।

दीपले आधिकारिक रूपमा राष्ट्रिय टोलीको पोस्ट सम्हालेको यिनै तीन खेलमा हो । घरेलु मैदानमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदक जित्दा दीप तेस्रो रोजाइका गोलरक्षक थिए ।

अल्मुताइरी नेपाली टिम सम्हाल्न आएयता दीपले टोलीमा बढी स्थान बनाएका छन् । तर डेब्यु भने टाढै थियो । २०७८ भदौमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेलमा दोस्रो रोजाइका गोलरक्षक विशाल श्रेष्ठले अन्तिम समयमा डेब्यु पाए पनि दीपले मौका पाएनन् ।

अल्मुताइरीले नेपाली टिम हेरेपछि दीपले सधैं तेस्रो रोजाइको गोलरक्षक रूपमा स्थान बनाउँदै आएका छन् । उनले अनौपचारिक खेलमा थाइल्यान्डको चोनबुरी एफसी, टिमोर लिस्टे, श्रीलंका र ओमानविरुद्ध नेपाली पोस्ट सम्हालिसकेका छन् ।

अल्मुताइरीसँगै नेपाली टिमका गोलरक्षक प्रशिक्षक विकास मल्ल दीपको प्रभावशाली प्रदर्शनप्रति दंग छन् । नियमित खेलाडी बाहिर रहँदा मल्ललाई समेत ‘च्यालेन्ज’ थियो । तर मल्लमाथिको तनाव दीपले कम गरिदिएका छन् ।

‘नियमित खेलेका खेलाडी नहुँदा उसले (दीप) राम्रो खेल्यो । आफूलाई प्रमाणित गरेका छन् । उसले अझै धेरै सिक्नु छ । युवा खेलाडीले यस्तो अवसर पाउनु र खेल्नु भविष्यका लागि राम्रो संकेत हो,’ गोलकिपिङ प्रशिक्षक मल्ल भन्छन् ।

चारवटा खेल खेल्दै टोली फाइनल पुग्यो । सबै खेल पेनाल्टीमै जित्यो । अनि फाइनल पनि पेनाल्टीमै । सबैमा दीपले राम्रो प्रदर्शन दिए । प्रतियोगिता सकिँदासम्म गोलरक्षकमै आफूलाई निखार्ने सोच बनाइसकेका थिए ।

दोलखामा जन्मिए पनि फुटबलको सहर पोखरामा हुर्किएका दीप स्कुलस्तरदेखि नै फुटबल खेल्थे । तर, त्यतिबेला दीपको पोजिसन फरक थियो । उनी विंगरको भूमिकामा खेल्न रुचाउँथे । तर पोखरामै भएको ‘सेभेन ए साइड’ फुटबल प्रतियोगितामा भने गोलरक्षक अपुग भएपछि त्यही पोजिसनमा खेल्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो ।  

चारवटा खेल खेल्दै टोली फाइनल पुग्यो । सबै खेल पेनाल्टीमै जित्यो । अनि फाइनल पनि पेनाल्टीमै । सबैमा दीपले राम्रो प्रदर्शन दिए । प्रतियोगिता सकिँदासम्म गोलरक्षकमै आफूलाई निखार्ने सोच बनाइसकेका थिए ।

०७३ सालमा न्युरोड टिम (एनआरटी) शीर्ष डिभिजन लिगमा बढुवा हुँदा दीप महत्त्वपूर्ण सदस्य थिए । पोखरामा खेल्दै गरेका दीपलाई ‘बी’ डिभिजन लिगमा क्लबले मौका दिएको थियो । दीपलाई व्यावसायिक फुटबलमा उदाउन त्यो नै राम्रो मौका भयो ।

दीपले ०७५ सालमा मछिन्द्र क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यु गरे । ०७६ सालमा मनाङ मस्र्याङ्दी क्लब र गत वर्ष २०६८ मा हिमालयन शेर्पा क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका उनी घरेलु फुटबलमा स्थापित गोलकिपर बनिसकेका थिए । शेर्पाबाट १० खेल खेलेका उनले एक पेनाल्टी बचाउँदै दुई ‘क्लिन सिट’ राखेका थिए ।

एकेडेमी बाहिरबाट सिधै राष्ट्रिय टोलीमा स्थान बनाएका दीपले उमेर समूहको अनुभव लिएको बेन्चबाट मात्रै हो । सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद (साग)मा यु–२३ टिमले प्रतिस्पर्धा गर्दा उनी उनी तेस्रो रोजाइमै सीमित रहे । उमेर समूहमा दीपको नाम खासै चर्चामा रहेन । नेपालले यु–२३ एएफसी एसियन कप छनोट खेल पनि दीप बेन्चमै सीमित थिए । त्यतिबेला कप्तान अर्पण कार्कीले नेपालको पोस्ट सम्हालेका थिए ।

परिवारका एक्ला सन्तान दीप कुनै समय इन्डियन आर्मीमा भर्ती हुने योजना थिए । तर, सफल भएनन् । अब भने दीप आफूलाई राष्ट्रिय टोलीको महत्त्वपूर्ण हिस्सा बनाउँदै देशको नाम उच्च बनाउने योजनामा छन् ।