न्यु डामयन्ड कप

न्यु डायमन्ड कपः आयोजक न्यु डायमन्ड च्याम्पियन

काठमाडौं । आयोजक न्यु डामयन्ड युथ स्पोर्टस क्लब बागमती प्रदेश न्यु डामयन्ड कप यु-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको च्यम्पियन बनेको छ ।

न्यु डामयन्डले पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा शनिबार भएको फाइनलमा बुटबलको एभरेस्ट माविलाई ३-१ को सेटमा पराजित गरेको हो ।

न्यु डामयन्डले खेल २५-१९,२५-२०, २१-२५ र २६-२४ ले आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै न्यु डामयन्डले पाँच लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एभरेस्टले दुई लाख ५० हजार प्राप्त गर्यो ।

धादिङ स्पोर्टस क्लबले ले  मोरङको ब्राइट फ्युचर माविलाई हराएर तेस्रो स्थान हासिल गरेको गरेको थियो । तेस्रो भएको धादिङले एक लाख तथा चौथो भएको ब्राइट फ्युचरले ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतयोगितामा साता टोलीले सहभागिता जनाएका थिए ।