एन्डी मरे

फेडेररको जोडीको रुपमा खेल्ने मरेको चाहाना

लन्डन । बेलायतका एन्डी मरेले विश्व टेनिसबाट संन्यास घोषणा गरेका रोजर फेडेररसँग अन्तिम पटकसँगै खेल्ने अवसर पाए त्यो विशेष हुने प्रतिक्रिया दिएका छन् । 

फेडेररले लगातार घुँडाको चोटसँग संघर्ष गर्नु परेको भन्दै सक्रिय टेनिस खेलजीवनबाट अलग हुने घोषणा गरेका थिए । लन्डनमा हुने लाभर कप फेडेररका लागि अन्तिम प्रतियोगिता हुनेछ ।

यद्धपी फेडेरर प्रतियोगिता कोर्ट उत्रन्छन् भन्ने निश्चित भने भइसकेको छैन । तर मरे भने फेडेररको जोडीको रुपमा खेल्न पाए त्यो आफ्ना लागि विशेष क्षण हुने बताउँछन् ।

फेडेररको नाममा २० ग्रान्ड स्लाम छ । स्पेनका राफेल नाडालको नाममा कीर्तिमानी २२ र सर्बियाका नोभाक जोकोभिचको नाममा २१ ग्रान्ड स्लाम छ । 

लामो समय फेडेरर, नाडाल र जोकोभिचसँगै मेरे पनि विश्व टेनिसमा उपाधि दाबेदार खेलाडीको रुपमा रहेका थिए । उनीहरुले ग्रान्ड स्लाममा निरन्तर दबदबा कायम राखेका थिए ।

फेडेररको संन्यास घोषणापछि मरेले त्यो विश्व खेलकुदकै लागि खराब दिन भएको प्रतिक्रिया दिएका थिए ।

तर पछिल्लो केही वर्षहरुमा भने मरे चोटका कारण लगातार कोर्ट बाहिर रहँदा फेडेरर, जोकोभिच र नाडालले विश्व टेनिसमा निरन्तर राज गरे । फेडेरर पनि चोटसँग जुधिरहँदा नाडाल र जोकोभिचले विश्व टेनिसमा राज गरे ।

फेडेररले मरेविरुद्ध १४ खेल जितेका छन् । मरेले भने फेडेररसवरुद्ध ११ खेल जितेका छन् । मरेले सन् २०१२ को लन्डन ओलम्पिकको फाइनलमा फेडेररलाई हराएका थिए । 

‘पक्कै पनि फेडेरर उत्कृष्ट खेलाडी हुन्’, तीन पटकका ग्रान्ड स्लाम विजेता मरेले भने, ‘मैले उनीविरुद्ध धेरै पटक खेल्न पाए । जसका लागि म आफैलाई भाग्यमानी ठान्छु । उनले विश्व टेनिसमा जुन उपलब्धी हासिल गरे,त्यो विशेष छ ।’

फेडेररको संन्यास घोषणापछि मरेले त्यो विश्व खेलकुदकै लागि खराब दिन भएको प्रतिक्रिया दिएका थिए ।

‘मलाई थाहा छैन, लाभर कपमा मैले फेडेररको जोडीको रुपमा प्रतिस्पर्धा गर्ने अवसर पाउँछु वा पाउँदिन,’मरेले भने, 'तर म त्यो विशेष अवसरका लागि निकै आतुर छु ।