जर्मन बुन्डेसलिगा

रियुसले कतार विश्वकप खेल्ने सम्भावना न्युन

बर्लिन । कुर्कुच्चाको लिगामेन्ट च्यातिएपछि जर्मनीका स्ट्राइकर मार्कुस रियुसको कतार विश्वकप २०२२ को सहभागिता अनिश्चित बनेको छ ।

बोरुसिया डर्टमन्डका स्ट्र्राइकर रियुस शनिबार जर्मन बुन्डेसलिगाअन्तर्गत साल्केविरुद्धको खेलमा घाइते हुँदै पहिलो हाफमै मैदानबाट बाहिर निस्किएका थिए ।
विश्वकप सुरु हुन दुई महिना मात्र बाँकी रहँदा रियुस घाइते भएपछि उनी पूर्ण रुपमा फिट हुँदै मैदान फर्कने सम्भावना न्युन बनेको छ । जर्मनीले जापानविरुद्धको खेलसँगै कतार विश्वकप यात्राको सुरुआत गर्नेछ ।

‘मैले टोलीको चिकित्सकसँग सल्लाह गरेको थिए’, डर्टमन्डका प्रशिक्षक इडिन टेरिचले भने, ‘उनी तत्काल मैदान फर्कने सम्भावना छैन । उनको कुर्कुच्चामा चोट लागेको छ ।’

सन् २०१४ मा पनि रियुसले चोटकै कारण विश्वकप गुमाएका थिए । जर्मनीले अर्जेन्टिनालाई हरााउँदै सो विश्वकपको उपाधि जितेको थियो ।  सन् २०१६ को युरोपियन च्याम्पियनसिप पनि उनले चोटकै कारण गुमाएका थिए ।