ट्वान्टी२० विश्वकप

हेल्स इङल्यान्ड टोलीमा फर्किए

लन्डन । एलेक्स हेल्सले इङल्यान्ड टोलीबाट पुनः खेल्ने अवसर मिलेको भन्दै सो अवसरलाई खेर जान नदिने बताएका छन् ।

इङल्यान्डले नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी२० विश्वकपका लागि घोषणा गरेको टोलीमा एलेक्सलाई समावेश गरेको छ । उनले पछिल्लो पटक सन् २०१९ को मार्चमा वेस्ट इन्डिजविरुद्धको ट्वान्टी२० शृंखला खेलेका थिए ।

कोभिड १९ संक्रमण पुष्टी भएसँगै उनी गत संस्करणको ट्वान्टी२० विश्वकप दौरान इङल्यान्ड टोलीमा थिएनन् । 

जोनी बेयरस्टो घाइते भएसँगै इसिबीले हेल्सलाई टोलीमा बोलाएको हो । इङल्यान्डले मंगलबारबाट पाकिस्तानविरुद्धको ट्वान्टी२० र एक दिवसीय शृंखला खेल्दैछ । 

‘सन् २०१९ को विश्वकप टोलीबाट बाहिर रहँदा निकै दुःख लागेको थियो’, उनले भने,' मैले लगातार टोलीबाट बाहिर रहेसँगै टोलीमा फर्कन आशा मारिसकेको थिए । मैले अवसर पाएको छु । जुन मेरा लागि क्षमता प्रमाणित गर्ने क्षण पनि हो । म यो अवसर खेर जान दिने पक्षमा छैन ।'