युएस ओपन

स्वाटेकलाई युएस ओपन

न्युयोर्क । विश्व नम्बर एक इगा स्वाटेकले आइतबार ओन्स जुबेरलाई निराश पार्दै  युएस ओपनको उपाधि जितेकी छिन् ।

स्वाटेकले आफ्नो खेलजीवनको तेस्रो ग्रान्ड स्लाम जित्ने क्रममा जुबेरमाथि ६-२,७-६(७-५) को जित निकालिन् । यसै वर्ष फ्रेन्च ओपन जितेकी स्वाटेकले सन् २०२० मा पनि फ्रेन्च ओपन जितेकी थिइन । जुन उनको पहिलो ग्रान्ड स्लाम थियो ।

यद्धपी स्वाटेकले अस्ट्रेलियन ओपनमा भने सेमिफाइनलसम्मको मात्र यात्रा तय गरेकी थिइन । २२ वर्ष पुग्नु भन्दा अघि तीन पटक ग्रान्ड स्लाम जित्ने स्वाटेक मारिया सारापोभापछि पहिलो खेलाडी समेत बनिन् । सारापोभाले सन् २००८ मा २१ वर्षमै तीन पटक ग्रान्ड स्लाम जितेकी थिइन । सन् २०१६ मा एन्जेलीक्यु कार्बेरपछि एकै वर्ष दुई ग्रान्ड स्लामको जित्ने स्वाटेक पहिलो महिला खेलाडी समेत बनिन् ।

‘वर्षको सुरुआतमा म डब्लुटिए इभेन्टस्मा राम्रो नतिजा ल्याउनेमा केन्द्रित छु,उनले भनिन्, ’तर मैले ग्रान्ड स्लाममा यस्तो सफलता निकाल्छु भन्ने आशा भने गरेको थिइन । फ्रेन्च ओपनको उपाधि जिते पनि म युएस ओपनको उपाधि जित्छु भन्नेमा ढुक्क थिइन । मैले युएस ओपन अघि खेलेको टोरन्टो र सिन्सिनाटीमा लय समाउन सकेको थिइन । जसले मेरो मनोबल घटेको थियो ।'