एएफसी यु २० एसिया कप

एएफसी यु २० एसियन कप छनोट: भुटानसँग हार्यो नेपाल

मनामा । अर्को वर्ष उज्बेकिस्तानमा हुने एएफसी यु २० एसियन कपको छनोट अन्तर्गत पहिलो खेलमा नेपाल भुटासँग २-० गोलको नतिजामा पराजित भएको छ । बहाराइनमा शनिबारदेखि सुरु भएको समूह बीको छनोटमा नेपालले अप्रत्यासित हार बेहोर्यो ।

शेख अलि बिन मोहमद अल खालिफा रंगशालामा शनिबार राति भएको खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुआतमै दोस्रो गोल खायो । ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानको अग्रता दोब्बर पारेका थिए । त्यसपछि निरन्तर खेलमा फर्किने प्रयास गरे पनि नेपाल सफल हुन सकेन ।

विपक्षी खेलाडीमाथि खराब फाउल गरेका कारण इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो ।

जितसँगै भुटानले तीन अंक जोडेको छ । हारसँगै छनोटको सुरुआत गरेको नेपालको भने चुनौती थपिएको छ ।

समूह 'बी' मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् ।