युएस ओपन

क्वार्टरफाइनलमा स्वभाविक लय कायम राख्नेमा स्वाटेक विश्वस्त


न्युयोर्क । युल नुमायरलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएसँगै इगा स्वाटेकले युएस ओपनको उपाधि अन्तिम आठमा प्रवेश गरेका सबै खेलाडीका लागि खुला रहेको बताएकी छिन् ।

पहिलो सेट ६-२ ले गुमाएकी स्वाटेकले दोस्रो सेट ६-४ र तेस्रो सेट ६-० ले जितेकी थिइन ।

स्वाटेकले पहिलो सेटमा केही लय गुमाए पनि दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेसँगै मनोबल बढेको बताइन । उनले पहिलो पटक युएस ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् ।

‘पक्कै पनि सिजनको सुरुआतमै हाम्रो लक्ष्य हार्ड कोर्टमा खेल्ने हुन्छ,सिजनको अन्तिममा होइन’,उनले भनिन्,कारण हामीले प्रि–सिजनमा हार्ड कोर्टमा प्रशिक्षण गरेका हुन्छौ । हामीले यहाँ गरेको प्रदर्शनले नै आफ्नो स्तर काहाँ छ भनेर थाहा हुन्छ । म पहिलो पटक युएस ओपनको क्वार्टरफाइनलमा स्थान बनाउँदा निकै उत्साही पनि छु । यो मेरा लागि उपलब्धी हो ।'

स्वाटेकले क्वार्टरफाइनलमा जेसिका पिगोलाको सामना गर्नेछिन् । 

‘क्वार्टरफाइनमा स्थान बनाउने सबैका लागि युएस ओपनको उपाधि सम्भावना खुला छ’, उनले भनिन् ।