युएस ओपन

नाडाल टियाफोसँग स्तब्ध

न्युयोर्क । फ्रान्सेस टियाफो स्पेनका राफेल नाडाललाई स्तब्ध पार्दै युएस ओपनको क्वार्टफाइनलमा प्रवेश गरेका छन् ।

उनी युएस ओपनको अन्तिम आठमा प्रवेश गरेको यो पहिलो पटक हो ।

उनले लगातार तेस्रो पटक युएस ओपनको तेस्रो चरणमा प्रतिस्पर्धा गरेका हुन् । टियाफोले यसअघि भने दुई पटक तेस्रो चरणभन्दा माथिको यात्रा तय गर्न सकेका थिएनन् ।

कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता नाडालमाथि टियाफोले ६-४,४-६,६-४,६-३ को जित निकाले ।

यसअघिको दुई भेटमा टियाफोलाई हराएका नाडालले यस पटक भने सो लय कायम राख्न सकेनन् ।

तेस्रो चरणबाट बाहिरिएपछि नाडालले टियाफोले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् ।

‘आजको खेलमा भिन्नता भनेको मैले नराम्रो खेले र टियाफोले राम्रो खेले ’,नाडालले भने,'उनी म भन्दा उत्कृष्ट थिए । मैले चोटका कारण लगातार स्वभाविक लय अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन ।'